मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बिपीका विचार नमान्दा पार्टी कमजोर भयो : नेता कोइराला

बिपीका विचार नमान्दा पार्टी कमजोर भयो : नेता कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताए ।

‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,’ नेता कोइरालाले भने । उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काङ्ग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गरे ।

काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । काङ्ग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौंमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताए ।

संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा रामचन्द्र अधिकारी, काङ्ग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ काठमाडौं सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै काङ्ग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताएका थिए ।

नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताए ।