जितियाको अवसरमा बाघ संरक्षणमूलक झाम्टा गीत प्रतियोगिता

  चितवन – बाघ संरक्षणको लागि जनचेतना अभिवृद्धि गर्न थारु महिलाहरुको पर्व जितियाको अवसरमा सौराहामा मंगलबार बाघ संरक्षणमूलक झाम्टा गीत प्रतियोगिता गरिएको छ ।    बाघ संरक्षण समिति बछौली र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान रत्ननगरले आयोजना गरेको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले उद्घाटन गरेका थिए ।   …