मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाना पनि अब अाफ्नै भवनमा

बाना पनि अब अाफ्नै भवनमा


बाल्टिमोर (अमेरिका) – बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले सामुदायिक कृयाकलाप प्रभावकारी रूपमा अघि बढाउन भवन किनेको छ ।
 
मेरिल्याण्डमा रहेका नेपालीहरूको संस्था बानाले झण्डै तीनलाख डलरको लागतमा भवन किनेको हो । बानाका पूर्व महासचिव प्रभु थापाका अनुसार नयाँ भवनमा संस्थाको कार्यालय र हल समेत राखेर सामुदायिक गतिविधि प्रभावकारी रूपमा अघि बढाइनेछ । 
 
नेपालीहरूको संख्या बढेसँगै सामुदायिक कृयाकलाप बाल्टिमोरमा बढ्दै गएको छ । सन् २०११ देखि सामुदायिक भवन बनाउने योजना ६ वर्षपछि अाएर पुरा भएको थापाले बताए । 
 
भवनको पहिलो तलामा झण्डै डेढसय जना अटाउने सामुदायिक हल र माथिल्लो तलामा कार्यालय भवन, रिसर्च सेन्टर बनाउने योजना बानाको छ । 
 
बाल्टिमोर डाउनटाउनदेखि झण्डै २५ मिनेटको ड्राइभिङ दूरीमा रहेको टेलर एभेन्यूमा यो भवन खरिद गरिएको हो । अमेरिकाका बिभिन्न शहरहरूमा नेपालीहरूले सामुदायिक भवन किनेर गतिविधिहरू सञ्चालन गर्दै अाएका छन् । ड्यालस, लसएन्जलस, ह्युस्टन, डेनभर, न्यूयोर्क लगायतका शहरहरूमा नेपालीहरूले अाफ्नै भवन किनेर सामुदायिक गतिविधि सञ्चालन गर्दै अाएका छन्