मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चुनावी नतिजालाई लिएर यसो भन्छन् अमेरिकाका नेपालीहरु

चुनावी नतिजालाई लिएर यसो भन्छन् अमेरिकाका नेपालीहरु


हिमालयखवर संवाददाता- 
टेक्सस(अमेरिका) – नेपालमा हालै सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएसँगै अमेरिकामा रहेका नेपालीहरुले मिश्रीत रुपमा लिएका छन् । चुनावी परिणाम पछि राजनीतिक स्थायीत्व सिर्जना हुने र नेपालले आर्थिक विकासमा अघि बढ्ने अपेक्षा नेपाली समुदायका अगुवाहरुको छ । 
 
मंसिर १० र २१ मा भएको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भैसकेको छ । एकसय ६५ सिटको प्रतिनिधि सभामा ८० सिट एमाले, ३६ सिट माओवादी र २३ सिट नेपाली कांग्रेसले जितेको छ । उता प्रदेशसभा तर्फ एमालेले एकसय ६७, माओवादीले ७४, नेपाली कांग्रेसले ४१ सिट जितेका छन् ।
 
वाम गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादीले प्रत्यक्षतर्फनै बहुमत पाइसकेका छन् । समानुपातिकको नतिजापछि दुई तिहाइ नपुगेपनि स्पष्ट बहुमत आउने स्पष्ट संकेत देखिएको छ ।
 
यो नतिजापछि नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भएर आर्थिक प्रगति हाँसिल हुनेमा आपूm आशावादी रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाजका संयोजक गौरीराज जोशीले बताए । ‘चुनाव अघिका सबै खिचातानीको अन्त्य गरेर अब समृद्ध नेपाल बनाउनेतिर राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको मैले देखेकोे छु,’ जोशीले हिमालय खबरसँग भने । 
 
उता नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले भने एक्काइसौ शताव्दीमा समेत विश्वबाट लोप भैसकेको कम्युनिष्टहरुले नेपालमा जित्नु दुखद विषय भएपनि समृद्ध नेपाल बनाउने मामिलामा भने आफ्नो दलले सहयोग गर्ने बताए । ‘२० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन, नयाँ संबिधान बमोजिम संसदका चुनावहरु भएका छन्, यसले गर्दा वर्तमान प्रधानमन्त्री धन्यवाद र बधाईको पात्र हुनुहुन्छ’ विष्टले भने–‘तर यस्तो अवस्थामा पनि हाम्रै पार्टीभित्रबाट प्रमंलाई धन्यवाद दिनुको बदला राजिनामा मागेर जग हसाउने काम भैरहनु दुखद विषय हो ।’
 
पार्टीभित्र केही सुधार हुन जरुरी देखिएपनि सभापतिले मात्र राजिनामा दिएर समस्या हल नहुने तर्क विष्टको छ । 
 
उता एनआरएन अमेरिकाले चुनावी नतिजालाई असाध्यै सकारात्मक रुपमा लिएको छ । ‘मुख्य कुरा हामीलाई राजनीतिक स्थिरता चाहिएको थियो, त्यो पुरा हुने संकेत देखिएको छ । राजनीतिक स्थिरताले मात्र लगानीकर्ताको कन्फिडेन्स बढ्छ,’ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले भने ।
 
उनले विगतमा लगानीका लागि प्रस्ताव लिएर जाँदा हरेक पटक फेरिने सरकार र मन्त्रीका कारण धेरै एनआरएनहरुले दुख, पीडा भोगेकाले यसपटक स्थिर सरकारका कारण बुझाउन सहज हुने अपेक्षा गरेका छन् । ‘आर्थिक समृद्धिको आधार भनेकै राजनीतिक स्थिरता हो, अब त्यो होला जस्तो देखिएको छ, हामी धेरै उत्साहित छौँ,’वरिष्ठ उपाध्यक्ष साहले भने ।
 
चुनावमा सबैभन्दा बढी सिट जितेर ठूलो दल बनेको एमाले निकट प्रवासी मञ्च अमेरिकाले भने चुनावको नतिजालाई स्वभाविक भनेको छ । मञ्चका अध्यक्ष प्रभु थापाले भने–‘यो नतिजा आउँछ भन्नेमा हामी आशावादी थियौँ । जनताको चाहना अनुसार परिवर्तनको महसुस गराउनेतर्फ अब बन्ने नयाँ सरकारले आफुलाई पूर्ण रुपमा सकृय गराउनेछ भन्ने हाम्रो अपेक्षा छ ।’
 
वामपन्थीहरु मिलेर स्थायीत्व दिउन् भन्ने धेरै वर्ष पहिलेदेखिको रहेको जनचाहना यसपटक पुरा भएको उल्लेख गर्दै थापाले उम्मेदवार छनौट गर्दा विचार पु¥याउन सकेको भए वामपन्थीको सिट अझै बढ्ने संकेत देखिएको बताए ।  उनले अब मुलुकले राजनीतिक लडाई छाडेर आर्थिक लडाईमा लाग्नुपर्ने पनि उल्लेख गरे । 
 
‘संबिधानको कार्यान्वयन, स्थायीत्वमा अब सरकार र प्रतिपक्षको ध्यान जानुपर्छ, कांग्रेसले पनि जनमतको ख्याल गर्दै चलखेल गरेर अस्थिरताको खेलमा लाग्न हुँदैन,’ उनले भने ।
 
उता यो चुनावमा सबैभन्दा खराब नतिजालाई सामना गर्न वाध्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी संगठनले चुनावको नतिजालाई सकारात्मक रुपमा लिएको छ । राप्रपा निकट प्रवासी संगठन पानस अमेरिकाका महासचिव दीपु भुषालले चुनावी परिणामलाई सकारात्मक रुपमा लिएका छन् ।
 
‘जित्नेमा जीतको अहंकार पनि नहोस् र हार्नेहरुमा निराशा नभै एक भएर नेपालको निर्माण गर्नेछन् भन्ने मेरो अपेक्षा छ,’ भुषालले भने । नेपाल जाँदा समृद्धता देख्न पाइयोस् भन्ने अपेक्षा पनि भुषालले गरेका छन् ।