लसएन्जल्स (अमेरिका) – नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको महासचिव पदमा विनिता तामाङले उम्मेद्वारी घोषणा गरेकी छन् ।
वर्तमान फिप्ना कार्य समितिको सदस्य समेत रहेकी तामाङले फिप्नाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु थप क्रियाशिल हुने बताएकी छिन ।
फिप्नाले पहिलो पटक आयोजना गरेको ऐतिहासिक आदिवासी जनजाति चलचित्र महोत्सव सफल बनाउन आफूले महत्वपूर्ण योगदान दिएको तामाङले दावी गरिन् ।
अहिलेसम्मको निरन्तर सकृयताले गर्दा अाफूलाइ सबैले सहयोग गर्नेमा विश्वस्त रहेको समेत उनले बताएकी छिन् ।
प्रतिक्रिया