ड्यालस (टेक्सस) – हाँस्य व्यंग्य साहित्यकार शैलेन्द्र सिम्खडाको एकल प्रस्तुति अमेरिकाको ड्यालसमा सम्पन्न भएको छ । अर्भिंगमा रहेको हिमालय टेम्पटेसन रेस्टुराँमा शनिबार साँझ सिम्खडाले समसामयीक राजनीति, सामाजीक पाटोलाई लिएर व्यंग्य रचना सुनाएर दर्शकहरुको मन जित्न सफल भए । सुरुमै ‘तपाइहरुको देवता देवालयमा हुन्छन्, हाम्रो देवता प्रेक्षालयमा हुन्छन्’ भन्दै कार्यक्रम सुरु गरेका सिम्खडाले लगातार…