मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आइतबार नेपाली मन्दिरमा रक्तदान हुँदै

आइतबार नेपाली मन्दिरमा रक्तदान हुँदै


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – अमेरिकी रेडक्रसको सहयोगमा आइतबार अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रम हुने भएको छ । 
 
रक्तदान कार्यक्रमको संयोजन स्थानीय नेपाली समुदायकी १७ बर्षिया निविदिका खड्काले गरिरहेकी छिन् । खड्काले रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिनका लागि स्थानीय नेपाली समुदायसँग आग्रह गरेकी छिन् ।
 
‘मैले एक वर्षदेखि अमेरिकी रेडक्रससँग आवद्ध भएर भोलेन्टियर गर्दै आएको छ, आदरणीय आमा–बुबाहरुसँग यो रक्तदानमा सहभागी भएर जीवन बचाउने अभियान र मेरो अभियानलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ खड्काले अनुरोध गरिन् । 
 
नेपाली मन्दिरमा बिहान ८ देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । अहिलेसम्म झण्डै ४० जनाले रक्तदान गर्ने इच्छा सहित इमेल गरिसकेका छन् । रक्तदानभन्दा पहिले ब्लडप्रेसर लगायत परिक्षण समेत हुनेछ । 
 
एकजना स्वस्थ व्यक्तिले हरेक तीन महिनामा एक पटक रक्तदान गर्न सक्ने चिकित्सिकहरुले बताउँदै आएका छन् । 
खड्काले रेडक्रसमा आवद्ध रहेर भविष्यमा पनि सामाजीक काममा सकृय हुने बताएकी छिन् ।

शेयर गर्नुहोस:

0
Shares