मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सञ्चारकर्मीलाइ अमेरिकाकै समाचारलाइ प्राथमिकता दिन राणाको अाग्रह

सञ्चारकर्मीलाइ अमेरिकाकै समाचारलाइ प्राथमिकता दिन राणाको अाग्रह


न्यूयोर्क, (अमेरिका)- देशान्तर साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार कविर राणाले अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीसँग नेपालको भन्दा अमेरिकाकै स्थानीय समाचारलाइ प्राथमिकता दिएर प्रकाशन प्रशारण गर्न अाग्रह गरेका छन् । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अायोजना गरेको छलफलमा प्रमुख अतिथिका रूपमा राणाले प्रवासमा पूर्णकालिन पत्रकारिता गर्न निकै अफ्ठेरो र चुनौतूपूर्ण रहेको उल्लेख गर्दै थोरै समय छुट्याएर गरिने पत्रकारितामा नेपालको समाचार भन्दा यहीका स्थानीय समाचारलाई बढी प्राथमिकता दिन अाग्रह गरेका हुन् । 
 
गत आइतबारमात्र निर्वाचित नेजाको नयाँ कार्यसमितिले एक दिनका लागि मात्रै न्यूयोर्क आइपुगेका राणासँग भेटघाटको व्यवस्थापन मिलाएको हो । ज्याक्सन हाइटमा आयोजित अन्तरक्रियामा न्युयोर्कमा कार्यरत पत्रकार, गैर आवासीय नेपाली संघ अमेरिका र न्यूयोर्क च्याप्टरका प्रतिनिधि, बिभिन्न राजनीतिक दलका संगठनमा आवद्ध व्यक्ति र समाजिक अभियन्ताहरुको सहभागिता थियो ।
 
सहभागीहरुले नेपाली सञ्चारमाध्यम स्वतन्त्र र निश्पक्ष हुन नसकेको गुनासो गरेका थिए । पछिल्लो समय प्रविधिको विकास सँगै मौलाएको अनलाईन पत्रकारिताको अगाडि छापा सञ्चारमाध्यमको भविश्य जोखिममा पर्दै गएको अवस्थाबारे उल्लेख गर्दै राणाले अझै पनि प्रिन्ट मिडिया अनलाईन भन्दा निकै उत्तरदायी र लोकप्रिय रहेको दावी गरे । 
 
'अनलाईनमा अहिले राखेको समाचार तुरुन्तै हटाउन सकिन्छ, पत्रपत्रिका जति जिम्मेवार अनलाइन छैन । त्यसले कहिलेकाँही पाठक र आम सर्बसाधारणलाई अफ्ठेरो पनि पारिरहेको बताए । 
 
नेपालको पत्रकारिता अझै पनि पूर्ण स्वतन्त्र र निष्पक्ष नभएको स्विकार गर्दै सबैले मिसन पत्रकारिता गरिरहेको उल्लेख गरे । ‘तर, मिसन पत्रकाारिता गर्दैगर्दा कुनै व्यक्ति, संघसंस्था, राजनीतिक दल, समाज कसैप्रति पनि आग्रह पुर्वाग्रह राख्नुचाहि हुदैन,’ उनले भने ।
 
अन्तरक्रियामा एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक बिष्णु सुबेदी, एनआरएनए आइसीसी सदस्या बन्दना कोइराला, नेजाका पुर्वमहासचिव किशोर पन्थी, नेजाका पुर्वकोषाध्यक्ष गीता पन्त, प्रजातान्त्रिक युवा फोरमका अध्यक्ष प्रमोद सिटौला, नेबिसंघ अमेरिकाका सभापति प्रभात सापकोटा, क्विन्स कम्युनिटि बोर्ड सल्लाहकार नवराज केसी, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी, गोर्खा समाजका सल्लाहकार खमलाल भट्ट, बाग्लुङ समाजका अध्यक्ष चन्द्र जिसी लागायतले पत्रकार र सामाजिक संस्थाको सम्बन्धको बारेमा आफ्ना धारणा राखेका थिए । 
 
कार्यक्रममा नेजाका नवनियुक्त महासचिब किरणबाबु मरहठ्ठा, कोषाध्यक्ष मच्छेदेवी गुरुङ र पूर्वी क्षेत्रीय संयोजक कल्पना घिमिरेको सहभागिता थियो ।

शेयर गर्नुहोस:

0
Shares