हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकामा गैरकानुनी रुपमा आएका वा वसेका कारण पक्राउ परेका आप्रावासीलाई जेलमा अपराधी सरह राखिएको र व्यवहार गरिएको भन्दै इमिग्रेशन अधिकारवादीहरुले मुद्दा दायर गरेका छन् ।
ओरेगन स्थित सेरिडन जेलमा रहेका आप्रावासीलाई त्यस अनुकुल व्यवहार नभएको भन्दै मुद्दा दायर गरिएको हो । मुद्दा दायरकर्ताले न्यायाधिश समक्ष ती आप्रावासीको रिहाईको माग गरेका छन् । जसमा १८ जना नेपाली समेत छन् । यी १८ जना नेपालीको भविष्य के हुन्छ अन्यौल छ । केही धेरौटीमा छुटेर आश्रयका लागि मुद्दा लड्नपनि सक्छन केहीलाई डिर्पोटेशनपनि हुन सक्ने छ ।
अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई)ले एक महिना अघि उक्त जेलमा १२३ जना आप्रावासी राखिएको जनाएको थियो । जसमा ५२ जना भारत, १८ जना नेपाल, १२ जना ग्वाटेमाला र १० मेक्सिकोका नागरिक थिए ।
अन्य अपराधी सरह उनीहरुलाई हड्कडी लगाईएको, कैदीको लुगा लगाउन लगाईएको र २२ घण्टा वन्द कोठामा राख्ने गरिएको हुदां रिहा गर्न मुद्दा दायर गरिएको छ ।
अमेरिकी संचार संस्था सीएनएनका अनुसार यसरी जेलमा पर्नेहरु केही मेक्सिकोवाट गैरकानुनी रुपमा अमेरिका छिरेका, केही कानुन रुपमा अमेरिका आएपनि समयमा नफर्र्किएकाहरु छन् ।
यो जेलमा रहेका ती आप्रावासीहरुले आफुहरु मानसिक रुपमा प्रतापिड भएको, उपयुक्त स्वास्थ्य उपचार नपाएको वताएका थिए । कसरी स्वास्थ्य उपचार गराउने भन्नेवारेमा पनि कसैले केही नवताएको जेलमा रहेकाले वताएका छन् ।
केहीले भने आत्महत्या गर्ने सम्मको कुरा गर्ने गरेको पनि रकेर्डले देखाएको छ । केहीले ७२ बर्गमिटरको जेलमा ३ जनालाई राखिएको, खुला ट्वाइलेट नजिक वसेर खानुपरेको र एउटै लुगा हप्तादिनसम्म लगाउनुपरेको समेट गुनासो गरेका थिए ।
सिख समुदायका एक व्यक्तिले आफुलाई पगरी समेट लगाउन नदिएको वताएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इमिग्रेशन नीतिलाई कडा वनाएको छ । यही नीति अनुसार गैरकानुनी आप्रावासीलाई व्यवहार गर्ने गरिएको छ । फोटो: सामाजिक संजाल






प्रतिक्रिया