पौडेलको नेतृत्वमा सिकागोल्याण्डको कार्यसमिति चयन

सिकागो (अमेरिका) –  सिकागोल्याण्ड नेपाली फ्रेण्डसीप सोसाईटीको हालै सम्पन्न साधारण सभाले पुनः टेकराज पौडेललाई अर्को दुइ बर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको  छ ।  १५ जनाको कार्यसमिति रहेको यस संस्थाको सम्पुर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष खेमराज पन्थी, द्वितीय उपाध्यक्षमा जगन निरौला र तृतीय उपाध्याक्षमा गोपिचन्द्र भुसाल चयन भएका छन् । …