ड्यालस (अमेरिका) –  नेपाली समाज टेक्ससले अाउँदो शनिबार तीज कार्यक्रम राखेको छ । 
	अर्भिङको इण्डिया बजारसँगै रहेको अो कनर हलमा तीज कार्यक्रम गर्न लागिएको नेपाली समाजले जनाएको छ । शनिबार साँझ ५ बजेबाट कार्यक्रम सुरू हुने नेपाली समाजकी महिला संयोजक अाइसा अझाले जानकारी दिइन् । 
	कार्यक्रममा खाना (दर) का साथै डिजे लगायत तीजको विशेष प्रस्तुति हुने जनाइएको छ । 
	कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिन र नेपाली संस्कृतिको जगेर्ना गर्न समेत समाजले अपिल गरेको छ । तीज कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति १५ डलर तोकिएको छ । ८ वर्षभन्दा कम उमेरका निम्ति निशुल्क रहेको समेत जनाइएको छ ।
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया