मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हवाइजहाज भाडामा लिएर म्युजिक भिडियो तयार

हवाइजहाज भाडामा लिएर म्युजिक भिडियो तयार


टेक्सस (अमेरिका) – अमेरिकामा हरेक वर्ष एउटा र्याप गीत सार्वजनिक गर्दै आएका गायक स्वामी डी (गौरब गुरुङ) ले अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 
 
शुक्रबार अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा उनले ‘नेपहपको रनवे’ बोलको भिडियो सहितको गीत सार्वजनिक गरेका छन् । झण्डै एक महिना अघि गीत सार्वजनिक गरेपनि म्युजिक भिडियो भने शुक्रबार स्थानीय पिकबार एण्ड रेष्टुँरामा सार्वजनिक गरिएको हो ।
 
स्वामी डीको आफ्नै स्वर रहेको नेपहपको रनवे म्युजिक भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् । ‘नेपहपको साँघुरो बाटोलाई हाइवे बनायो स्वामीले, हाइवेले मात्र पुगेन रनवे बनायो स्वामीले’ बोलको गीतको भिडियोमा अमेरिकन प्रोफसनल तथा केही नेपाली मोडलहरुको प्रयोग भएको छ ।
 
‘यो पटकको मेरो गीत सिड्नीमा रहेका नेपालीहरु र विशेषत शर्मा थर भएका केटीहरु प्रति समर्पित छ,’ स्वामीले भने । म्युजिक भिडियोका लागि हवाइजहाज समेत भाडामा लिएर प्रयोग भएको छ । 
 
गीतको लागि भिडियो शुटिङ गर्न उनी लगायतको सात जनाको टीम ड्यालसबाट फ्लोरिडा पुगेको थियो । ‘फ्लोरिडामा शुटिङ भएकोले म्युजिक भिडियोका लागि २० हजार डलर खर्च भएको छ,’ उनले जानकारी दिए । 
 
म्युजिक भिडियोका केही अंशहरु ड्यालसमै खिचिएका छन् । ड्यालसमा खिचिएका घरभित्रको दृश्य चाँही स्थानीय रमेश दाहालको घरको हो । उनले गाएका हरेक गीतहरुमा ‘ड्यालस’ शव्द जोडिएको हुन्छ । ‘मैले ड्यालसलाई अमेरिकाको नेपाली समुदायदेखि लिएर नेपालसम्म चिनाउनका लागि यसअघिका दुईवटा गीतमा पनि प्रयोग गरेको थिए,’ उनले भने–‘यसपटक पनि ड्यालसलाई छाडेको छैन ।’
 
दुइ दिनको अवधिमा युटुबमा ‘नेपहपको रनवे’ लाई झण्डै ८७ हजार पटक हेरिसकिएको छ । 
 
यस अघि गत वर्ष (सन् २०१७ मा) उनले ‘हु इज योर ड्याडी’ बोलको गीत सहितको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गत वर्ष पिएसपिएनलाई साथमा लिएर भिडियो तयार पारेका थिए । दुई वर्ष अघि सन् २०१६ मा ‘बाल हो’ बोलको गीत सार्वजनिक गरेका थिए । 
 
तीन वर्षदेखि समरको समयमा उनले नयाँ गीत सार्वजनिक गर्दै आएका छन् । 
 
‘म पेशाले प्रोफेसनल गायक त होइन, तर पहिलो गीत गाएपछि असाध्यै राम्रो प्रतिकृया, सुझाव आयो । त्यसपछि वर्षेनी एकएक वटा गीत निकाल्ने योजनामा पुगेको हुँ,’ उनले भने । पेशाले व्यबसायी स्वामी डी सन् २०१० देखि अमेरिकाको ड्यालसमा छन् । नेपालको पर्वतमा जन्मेका उनको परिवार हाल पोखरामा बस्छन् ।