मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली नेशनल कन्भेन्सन सिकागोमा सम्पन्न

नेपाली नेशनल कन्भेन्सन सिकागोमा सम्पन्न


सिकागो (अमेरिका) – अमेरिकामा रहेका नेपालीहरुको पुराना तीन संस्थाहरु, एएनए, नासा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको नेशनल नेपाली कन्भेन्सन आइतबार सम्पन्न भयो । 
 
शिकागोको होटल हिल्टनमा आयोजित सम्मेलन गत शुक्रबार शुरु भएको थियो । ‘नेपाली समुदायको लागी एकता‘ भन्ने नारा बोकेको सम्मेलनको शनिबार प्रमुख अतिथि एवं नेपालका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 
 
समारोहमा बोल्दै नेता नेपालले अमेरिकामा आर्जन गरेको उन्नत ज्ञान, सिप र श्रोत साधनलाइ नेपालको हितमा समेत उपयोग गर्न आग्रह गरे । “यहाँ सिकेको सिप र क्षमतालाइ मातृभुमीको हितमा लागाउनुस” उनले भने । 
 
नेपालले गैर आवासीय नेपालीले विमती राखेको नागरिकता विधेयकलाइ उनिहरुको मर्म अनुकुल संसोधन गर्ने आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत नेपाले जनाए । उद्घाटन सत्रमा अधिकांश बक्ताहरुले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी बिधेयकको बारेमा गुनासो गर्दै सच्याउनका लागी आग्रह गरेका थिए ।
 
अर्का अतिथि एवं पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकार समृद्धिको यात्रामा लागेको बताउदै बिदेशका नेपालीलाइ सहयोगको लागी आग्रह गरे । 
 
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली पहिचानको निरन्तरलाइ अवरोध गर्ने नागरिकता विधेयक सच्याउनु पर्ने बताउदै कांग्रेसले त्यसमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । 
 
नेपाली अमेरिकी डायस्पोराका प्राज्ञ, व्यवसायी र सामाजीक अभियन्ताहरुको भव्य उपस्थिति रहेको कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदुत अर्जुनकुमार कार्कीले सम्मेलनले नेपाली एकता र भाइचाराको सन्देश दिन सफल भएको टिप्पणी गरेका थिए । 
 
सम्मेलनको मुख्य संयोजक एवं अन्मा अध्यक्ष बाला घिमिरेले तिनवटा ठुला संस्थाहरुको एकताले सामुदायमा हौसला जागेको बताएका थिए । ‘हाम्रो उदेश्य केवल समाजसेवा हो समुदायको हितमा इमान्दारपुर्वक लाग्ने छौँ ” घिमिरेले भने । 
 
नासा अध्यक्ष माधव ढकाल र एएनए अध्यक्ष मेदिनी अधिकारिले एकतालाइ दीर्घकालसम्म लैजाने तयारी भैरहेको जानकारि दिदा हलमा तालिको फोहोरा छुटेको थियो । 
 
उद्घाटन समारोहमा सांसद राजीव पहाडीले तीन सस्थाहरुको मित्रता सबै संघसस्थाको लागि  उदाहरण बन्न सकोस भने शुभकामना दिनु भयो तेसै गरि  नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, नेपाली अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत, एनआरएनए युएसए अध्यक्ष केशव पौडेल, प्रवासी नेपाली मंचका अध्यक्ष प्रभु थापा, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, एनअारएन अमेरिकाका पूर्ब उपाध्यक्ष रामसी पोखरेल, नेजाका महासचिव किरण मरहट्ठा, प्राज्ञ तुल्सी धरेल लगायतले मन्तव्य राखेका थिए ।
 
सम्मेलनमा विभिन्न बिषयमा सेमिनारहरु संचालन गरिएको थियो । कार्यक्रमको आकर्षणको रुपमा रहेका महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको बारेमा नेपाल फोरममा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानी तथा रोजगार फोरम, महिला सशक्तिकरण फोरम, विज्ञान तथा प्रविधि फोरम, पर्यटन सम्बन्धी सेमिनार र कानूनी फोरम संचालन गरिएको थियो ।
 
कन्भेन्सनको पहिलो दिन सम्पन्न मिट एण्ड ग्रिटमा नेपालबाट आएका बरिष्ठ नेताहरु तथा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति थियो । सम्मेलनमा लोकप्रिय कलाकारहरु प्रमोद खरेल, हिमाल सागर, निमा रुम्बा र सत्यस्वरुप आचार्य, नेहा आचार्य, कर्मा व्याण्ड र स्थानीय कलाकारहरुले गितसंगीत प्रस्तुत गरेका थिए भने खेलकुद र साहित्य प्रतियोगिताहरु पनि संचालन गरिएको थियो । सम्मेलनमा एएनए, नाशा, अन्माले नेशनल कन्भेन्सनको सम्बन्धमा एक संयुक्त प्रतिबेदन पनि प्रस्तुत गरेका थिए । 
 
नेजाद्वारा अन्तरकृयाः
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालको सामयीक विषयमा अन्तकृया आयोजना गरेको थियो । अन्तरकृयाको सहजीकरण संस्थाका महासचिव किरण मरहट्ठा र पत्रकार सुर्य थापाले गरेका थिए । 
 
सम्मेलनको अर्को आकर्षणको रुपमा रहको छ नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न भयो । अवार्ड कार्यक्रम नेपाल मोसन पिक्चर्स एसोसिएसनको सहकार्यमा सम्पन्न भएको हो । विभिन्न समाजिक व्यक्तित्वहरुलाइ अमेरिकी राष्ट्रपति कार्यलयबाट प्रदान गरिएको प्रेसिडेन्ट भोलेन्टिएर्स अवार्ड पनि हस्तान्तरण गरिएको थियो ।
 
पत्रकार थापा पुरस्कृत:
यसैबीच टेलिभिजन प्रस्तोता सुर्य थापालाइ सामुदायीक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । डास्पोराका नेपालीको हित प्रवर्धनमा योगदान दिएबापत प्रदान गरिएको सो पुरस्कार पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले थापालाइ प्रदान गरेका थिए । 
 
थापा ह्वाइट हिमाल टेलिभिजनका प्रबन्धक हुन् भने नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम युस्टार्ट अगेनका प्रस्तोता हुन् ।