न्युयाेर्क स्थित महाबाणिज्य दूतावासको कार्यालयमा एकजना ५९ वर्षीया महिला कागजातहरुको पोको बोकेर आइन् । उनलाई सहयोग गर्न हतारिएका वाणिज्यदूत कृसु क्षेत्री त्यतिबेला छक्क परे जब ती महिला आफ्नो कार्यालय आउनुको कारण थाहा पाए । उनी त श्रीमानसंग पारापाचुके (सम्बन्ध बिच्छेद/डिभोर्स)का लागि आएकी रहेछिन् । कार्यालयका कर्मचारीहरुको अनौपचारिक जिज्ञासामा उनी डिभोर्स नगरी नछाड्ने अडानमा देखिइन्…