मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रहरीको गोलीबाट मृत्यु भएका युवकको नेपाली परिवारद्वारा कोलोराडोको वेष्टमिनिष्टर सिटीविरुद्ध मुद्दा दायर

प्रहरीको गोलीबाट मृत्यु भएका युवकको नेपाली परिवारद्वारा कोलोराडोको वेष्टमिनिष्टर सिटीविरुद्ध मुद्दा दायर


हिमालयखवर संवाददाता
अमेरिका- एक बर्ष अघि प्रहरीको गोलीवाट मृत्यु भएका नेपाली युवकका परिवारले कोलोराडोको वेष्टमिनिष्टर सिटी विरुद्ध मुद्दा दायर गरेका छन् ।
 
करिव एक बर्ष अघि प्रहरीले ताकेर गोली हान्दा वेष्टमिनिष्टरको सडकमा २७ बर्षिय नेपाली युवक विरेन्द्र ठकुरीको मृत्यु भएको थियो । त्यस वेला ठकुरीसंग कुनै हातहतियार थिएन । खाली सडकमा हल्ला गरेको आधारमा प्रहरीले गोली चलाएको थियो ।
 
मृतक ठकुरीका परिवारका तर्फवाट आमा सानु ठकुरीले डेनभर डिष्ट्रक्ट कोर्टमा शुक्रवार वेष्टमिनिष्टर सिटी विरुद्ध फेडरल सिभिल राइट्स ल सुट (मुद्दा) दायर गरेकी हुन् । ठकुरी परिवारका तर्फवाट यस मुद्दामा जोन्सन एण्ड क्लेनका फार्म मार्फत गिल जोन्सनले कानुनी परामर्श दिईरहेका छन् । यो मुद्दालाई स्थानिय संचार माध्यम डेनभर पोष्ट लगायतले महत्वका साथ प्रकाशित गरेका छन् ।
 
वेष्टमिनिष्टर कोलोराडोको डेनभर नजिकैको शहर हो । यस वरपर नेपालीको बसाई उल्लेख्य छ ।
 
सांझ तिर सडकमा हिडिरहेका वेला प्रहरी अफिसर स्टेभन वेयरले  विरेन्द्र माथि एक राउण्ड गोली चलाएका थिए  । विरेन्द्रले प्रहरी माथि तीन पटक आक्रमणको प्रयास गरेपछि  बेयरले गोली चलाएको एड्स्म काउण्टीको अनुसन्धानले देखाएको थियो । यही अनुसन्धानका आधारमा वेयरलाई सफाई दिईएको थियो । 
 
तर, मतृक ठकुरी परिवारले दायर गरेको मुद्दामा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नै नरहेको अवस्थामा अमेरिकामा अशक्तलाई संविधानले दिएको अधिकार विपरित बल प्रयोग गरिएको उल्लेख छ ।
 
मृतक ठकुरीमा बाईपोलार डिसअर्डरको समस्था थियो । यस्तै उनलाई मानसिक स्वास्थ्य समस्या पनि देखिएको थियो ।
 
प्रहरी नजिक आउंदा मृतक ठकुरीले  मानसिक समस्याका कारण  असामान्य व्यवहार देखाएका थिए । यही आधारमा प्रहरीले गोली चलाएको थियो । तर, यो समस्यामा प्रहरीले गोली प्रयोग नगर्दा पनि हुने दावी मुद्दामा गरिएको छ । यो घटनाले प्रहरीलाई मानसिक स्वास्थ्य समस्या रहेका विरामीलाई कसरी सम्वोधन गर्नु पर्छ भन्ने जानकारीको अभाव रहेको पनि मुद्दामा उल्लेख  छ ।
 
मुद्दामा गोली चलाउने प्रहरीले लगाएको लुगा, उनको हातमा रहेको टाटुको सन्दर्भमा पनि राखिएको छ । मृतक विरेन्द्र स्थानिय बैंकमा कार्यरत थिए । उनी समाजिक कार्यमा पनि सकृय थिए ।