मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस नेपाल यूनिर्भस नग्मा मिस नेपाल यूएसको कार्यक्रमको कोरियोग्राफर

मिस नेपाल यूनिर्भस नग्मा मिस नेपाल यूएसको कार्यक्रमको कोरियोग्राफर


अमेरिका– नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा अक्टोबर १२ तारिखमा सातौं संस्करण प्रतियोगिता हुने भएको छ ।
 
अमेरिकामा रहेका १९ देखी २९ बर्ष उमेर समुहका नेपाली युवतीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । सौन्दर्य प्रतियोगितालाई बिगतका बर्षहरु भन्दा अझै बढी प्रभावकारी र स्तरीय बनाउनका लागि हाम्रो प्रयास जारी रहेको अयोजकले जनाएका छन् । यसै सन्दर्भमा मिस नेपाल यूनिर्भस २०१७ बिजेता नग्मा श्रेष्ठ मिस नेपाल यूएसको सातौं सस्करणमा अफिसियल कोरियोग्राफर तथा फाइनल चरणका लागि कार्यक्रम उदघोषक रहने छिन् ।
 
नग्माले सन् २०१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनि उत्कृष्ट ८ मा पुगेकी थिइन् । यस्तै उनि २०१६ मा चिनमा भएको प्रतिस्पर्धामा थर्ड रनर वल्ड मिस यूनिर्भसको उपाधि समेत जितेकी थिइन् । 
 
उनको सहभागिताले हाम्रो सातौं संस्करण अझै स्तरिय हुने हामीले अपेक्षा गरेका कार्यक्रमका अयोजकले जनाएका छन् ।