मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सेप्टेम्बर १ आइतबारनै तीज (भिडियो सहित)

अमेरिकामा सेप्टेम्बर १ आइतबारनै तीज (भिडियो सहित)


टेक्सस (अमेरिका) – आउँदो हरितालिका (तीज) अमेरिकामा सेप्टेम्बर १ तारिक मनाइने भएको छ ।
 
ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित र आचार्य मेघराज निरौलाले अमेरिकाको अक्षांश, देशान्तर र सूर्योदयलाई आधार मान्दा सेप्टेम्बर १ तारिकमै तीजको ब्रत बसेर पूजा गर्नुपर्ने बताउनुभयो । नेपालमा भने सेप्टेम्बर २ तारिक सोमबार तीज परेको छ ।
 
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलसँग फेसबुक लाइभ मार्फत दुबै पण्डितहरुले अमेरिकाको भूगोलका आधारमा सेप्टेम्बर १ तारिक आइतबारनै तृतीय तिथि परेकोले सोही दिन तीज मनाउनुपर्ने बताउनुभयो । 
 
समय पुर्बबाट पश्चिम तर्फ सर्दै जाने तर तिथिहरु पश्चिमबाट पुर्ब तर्फ सर्ने भएकोले नेपालमा भन्दा एक दिन अघिनै अमेरिकामा तीज पर्ब परेको हो । यसवर्षको दशैंको टीका पनि त्यस्तै परेको छ । 
 
मन्दिरका पुजारी निरौलाका अनुसार सेप्टेम्बर २ तारिकमा अमेरिकामा तृतीया तिथिनै नभएकोले १ तारिकमै तीजको ब्रत र पूजा गर्नु परेको हो । १ तारिकमा तृतीया तिथि अमेरिकामा रहेको छ । उहाँका अनुसार अगष्ट ३१ मा दरखाने, सेप्टेम्बर १ मा तीज ब्रत, २ तारिकमा गणेश चौथी र ३ तारिक ऋषि पञ्चमी परेको छ ।