टेक्सस (अमेरिका)- आज बिहान स्थानीय समय अनुसार ४.१५ बजे नर्थवेष्ट ह्युष्टनमा अवस्थित एक कारखाना ‘वाटसन ग्राइन्डिंग एण्ड म्यानुफ्याक्चरिंग’मा ठूलो बिस्फोट भएको छ। बिस्फोटनमा परेर दुईजनाको ज्यान गएको ह्यस्टनका प्रहरी प्रमुख आर्ट एसभेदोले स्थानीय संचार माध्यमहरुलाई जानकारी गराएका छन्। बिस्फोटनबाट नजिकका करीब दुईसय घरहरुमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको र यो क्षतिको मात्रा बढ्ने सम्भावना…