ड्यालस (टेक्सस) – बुद्ध धर्म संस्कृतिमा निकै महत्वका साथ लिइने पञ्चदान कार्यक्रम ड्यालसमा सम्पन्न भएको छ । नेप्लिज बुद्धिस्ट एसोसिएसन टेक्ससको अायोजनामा भएको कार्यक्रममा पञ्चदान ग्रहणका लागि २८ जना गुरूहरूको सहभागिता थियो । संस्थाका महासचिब निरज बज्राचार्यको संचालनमा भएको पञ्चदान कार्यक्रममा दानशालाको स्थापना गरि नेपाल मण्डलका प्रबजीत शाक्य तथा बज्राचार्य गुरुजूहरुलाई आमन्त्रण गरिएको थियो…