मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल जान रोकिएका नेपालीको समस्या समाधानका लागि पहल भईरहेको छ, नेपाली दुतावास वासिंटन

नेपाल जान रोकिएका नेपालीको समस्या समाधानका लागि पहल भईरहेको छ, नेपाली दुतावास वासिंटन


अमेरिका – वासिंटन डिसी स्थित नेपाली दुुतावासले कोरोना भाइरस संक्रमणका कारण आएको विशेष परिस्थितिले यात्रा अवरुद्ध भएका नेपालीको समस्या समाधानका लागि पहल भईरहेको जनाएको छ ।
 
राजदुत डा अर्जुन  कुमार कार्की द्धारा शुक्रवार सार्वजनिक अपिलमा नेपाल जान नपाउंदा ओभरस्टे भएकाहरुको समस्या समाधानका लागि पनि कुटनीतिक पहल भईरहेको अपिलमा उल्लेख छ ।
 
नेपाल सरकारले कोरोना संक्रमण हुन नदिन नेपालीलाई समेत नेपाल प्रवेश प्रतिवन्ध लगाएको छ । दुतावासले आकस्मिक सेवा लिनुपरे टेलिफोन र इमेलवाट सम्पर्क गरेर दुतावासमा समय लिन सकिने पनि जनाएको छ ।
अपिलमा ओभरस्टे हुने समस्या दुतवासमा आईरहेको पनि उल्लेख छ ।
 
केही साता अघि राजदुत कार्कीले टेक्ससमा आयोजित एक सार्वजनिक कार्यक्रममा दुतासावमा टेलिफोन नगर्ने भनेका थिए । उनको यो भनाईको व्यापक आलोचना भएको थियो ।  
 
दुतावासले क्षमताले भ्याएसम्म वर्तमान परिस्थितिमा नेपाली समुदायलाई सेवा पुर्याउन दुतावास तत्पर रहेको पनि अपिलमा उल्लेख छ ।
 
दुतावासको विज्ञप्ति र सम्पर्क नम्बर;