काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८३ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार राति १० बजेसम्म १० हजार ५४४ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ५८ हजार ८५२ जनामा संक्रमण देखिएकोमा ८९ हजार ९२२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ५७ हजार ९७६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ७४६७ जनाको अवस्था जटिल रहेको छ । शुक्रबार विश्वभर एकै दिन १३ हजार ९५८ जना संक्रमित भएका छन् ।
शुक्रबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२४८ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३९ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ३ रहेको छ ।
चीनपछि इटालीमा ३४०५ जनाको ज्यान गएको छ । इटालीमा ४१ हजार ३५ जना संक्रमित भएका छन् । यस्तै, स्पेनमा २० हजार ४१२ व्यक्ति संक्रमित छन् भने हालसम्म १०४१ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै २३३५ पुगेको छ । स्पेनमा शुक्रबारमात्रै २१० जनाले ज्यान गुमाएका छन् ।
इरानमा १९ हजार ६६४ जना संक्रमित भएकोमा १४३३ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १२३७ छन् । इरानमा शुक्रबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ ।
अमेरिकामा शुक्रबारसम्म १६ हजार ५८ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २१९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शुक्रबार १२ जनाको ज्यान गएको छ भने २२६९ जना नयाँ संक्रमित थपिएका छन् ।
फ्रान्समा १० हजार ९९५ जना प्रभावित रहेकोमा ३७२ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८६५२ जना कोरोनाबाट प्रभावित छन् भने ९४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १८ हजार ३२८ संक्रमित छन् भने ५२ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै ३००८ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार आठ जनाको मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा ३२६९ व्यक्ति संक्रमित भएकोमा १८४ जनाको मृत्यु भएको छ । बेलायतमा शुक्रबारमात्रै ४० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २९९४ संक्रमित भएकोमा १०६ जनाको मृत्यु भएको छ । जसमा शुक्रबार ३० जनाको मृत्यु भएको छ । ५३४ नयाँ संक्रमित थपिएका छन् ।
स्वीट्जरल्याण्डमा ४९०५ संक्रमित छन् भने ५१ जनाको ज्यान गएको छ । ६८४ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९६३ संक्रमित छन् भने ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । [एजेन्सीहरुको सहयोगमा ।]







प्रतिक्रिया