चितवन । पूर्वी चितवनको रत्ननगर-७,सौराहाका १२ वर्षीय बालगायक प्रिन्स सिलवालको पाँचौँ प्रस्तुति ‘माया लाग्छ नेपालको’ भर्खरै सार्वजनिक भएको छ । आफूलाई जन्म दिने आमाबाबु र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने सन्देशसहित बालगायक प्रिन्स सिलवालको देशप्रेमले ओतप्रोत भएको गीत ‘माया लाग्छ नेपालको’ आफ्नो युट्युबमार्फत् भर्खरै सार्वजनिक गरेका छन् । प्रिन्सका संगीत शिक्षक प्रेम घिमिरेको संगीत,…