नयाँ दिल्ली । भारतमा आइतबार जनता कर्फ्यु लागू गरिएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कर्फ्यु १४ घन्टामात्रै भएको अधिकारीहरुले जनाएका छन् । जनता कर्फ्युबाट एक अर्बभन्दा धेरै मानिस प्रभावित भएको उनीहरुको भनाइ छ…