काठमाडौँ । अभद्र व्यवहार कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले रु चार हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको…