काठमाडौँ । कोरोना भाइरस (कोभिड९१९) को संक्रमणबाट बिहीबार दिउँसोसम्म विश्वभर एक लाख ८५ हजार ५६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २६ लाख ५३ हजार ११६ संक्रमित भएका छन् ।
विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १७ लाख ४० हजार ३५३ रहेका छन् भने ७ लाख २७ हजार ७१७ जना निको भई घर फर्किएका छन् ।
कुल बिरामीमध्ये ५८ हजार १९९ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा कुल ८ लाख ४९ हजार ९२ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४७ हजार ६८१ पुगेको छ ।
स्पेनमा दुई लाख १३ हजार २४ कुल सङ्क्रमित भएका छन् भने २२ हजार १५७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इटालीमा कुल एक लाख ८७ हजार ३२७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, फ्रान्समा एक लाख ५९ हजार ८७७ कुल सङ्क्रमित भएका छन् भने २१ हजार ३४० को मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ५० हजार ७२९ कुल सङ्क्रमित भएका छन् भने ५३१५ को मृत्यु भएको छ ।
बेलायतमा एक लाख ३३ हजार ४९५ कुल सङ्क्रमित भएका छन् भने १८ हजार १०० को मृत्यु भएको छ ।
टर्कीमा ९८ हजार ६७४ संक्रमित रहेकोमा २३७६ को ज्यान गएको छ ।
इरानमा ८५ हजार ९९६ कुल सङ्क्रमित भएका छन् भने ५३९१ व्यक्तिको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ७९८ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २०७ रहेको छ । चीनमा हाल ९५९ जनाको उपचार जारी रहेकोमा ६३ को अवस्था जटिल छ ।
यस्तै, रसियामा ६२ हजार ७७३ जना बिरामी भएकोमा ५५५ को निधन भएको छ ।
ब्राजिलमा ४६ हजार १८२ संक्रमित भएकोमा २९२४ जनाले ज्यान गुमाएका छन् ।
बेल्जियममा ४२ हजार ७९७ संक्रमित भएकोमा ६४९० जनाको मृत्यु भएको छ ।
यस्तै, क्यानडामा ४० हजार १९० व्यक्तिमा कोरोना देखिएकोमा १९७४ जनाको ज्यान गएको छ ।
यसैगरी, नेदरल्याण्ड्समा ३४ हजार ८४२ संक्रमित भएकोमा ४०५४ जनाको मृत्यु भएको छ ।
स्वीट्जरल्याण्डमा २८ हजार २६८ संक्रमित छन् भने १५०९ जनाको ज्यान गएको छ ।
पोर्चुगलमा २१ हजार ९८२ व्यक्ति बिरामी भएकोमा ७८५, भारतमा २१ हजार ७९७ कुल संक्रमित रहेकोमा ६८१, पेरुमा १९ हजार २५० संक्रमित रहेकोमा ५३०, आयरल्याण्डमा १६ हजार ६७१ संक्रमित रहेकोमा ७६९, स्वीडेनमा १६ हजार ४ बिरामी रहेकोमा १९३७ र अस्ट्रियामा १५ हजार २ मा कोरोनाको संक्रमण देखिएकोमा ५२२ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा सात जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ८ हजार ७७३ जनाको नमुना परीक्षण गरिएकोमा ४५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा







प्रतिक्रिया