मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो


अमेरिका । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु हुँदै आएको देखिएको छ ।
 
कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरका अनुसार बिहीबार दिउँसोसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख ८६ हजार ७०९ पुगेको छ । 
 
अमेरिकामा पछिल्लो चौबिसघन्टामा २३४९ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ७ लाख ५० हजार २८४ जनाको उपचार जारी छ भने ८५ हजार ९२२ जना निको भएका छन् । 
 
अमेरिकामा सबैभन्दा प्रभावित न्यूयोर्कमा कुल २ लाख ६८ हजार ५८१ संक्रमित भएकोमा २० हजार ८६१ ले ज्यान गुमाएका छन् भने न्यूजर्सीमा १ लाख २५ संक्रमित भएकोमा ५ हजार ४२८ ले ज्या गुमाएका छन् । 
 
यसैबीच, अमेरिकामा बेरोजगारको संख्या ह्वात्तै बढेको छ । बेरोजगार सुविधाको लागि आवेदन दिनेको संख्या दुई करोड ६५ लाख नाघिसकेको छ । 
 
कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको प्रत्यक्ष असर बेरोजगारीको संख्यामा देखिएको हो। अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन् ।