मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २१ हजार ७९७

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २१ हजार ७९७


नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा एक हजार ७१७ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । 
 
बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २१ हजार ७९७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६८१ पुगेको छ । 
 
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ३७६ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १६ हजार ७४० कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।
 
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । 
 
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार ६५२ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच, महाराष्ट्रमा २६९ जनाको निधन भएको छ । 
 
महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रमा देखिएको छ ।  कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार २४८ र गुजरातमा २ हजार ४०७ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । 
 
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ । 
 
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । एएनआई

शेयर गर्नुहोस:

0
Shares