जेनेभा । युक्रेनमा रूसको आक्रमणका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएको अनुमान गरिएको छ । उनीहरु आफ्नो घर छाडेर भागे पनि देशभित्रै बसेको राष्ट्रसंघले बिहीबार जनाएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू (आइडिपी)मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो । …