क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य स्वामित्व भएका उद्यमहरूविरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ । एक आधिकारिक विज्ञप्तिअनुसार सूचीमा यातायात कम्पनी कामज र सिपिङ कम्पनीहरू सेभमास र युनाइटेड सिपबिल्डिङ कर्पोरेसनजस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन् । प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित…