मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानमा नेपालीको आत्महत्या गर्ने क्रम रोकिएन, विद्यार्थीको समस्याबारे अन्तरक्रिया हुँदै

जापानमा नेपालीको आत्महत्या गर्ने क्रम रोकिएन, विद्यार्थीको समस्याबारे अन्तरक्रिया हुँदै


जापान । गत हप्ताको मात्र कुरा हो, स्टुडेन्ट भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विद्यार्थीले जापानको नागोयामा अगालमा ज्यान गुमाए । उनको मृत्युको कारण आत्महत्या भनिएको छ। 
 
नागोयास्थित इएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागि नेपालको प्यानेसिया एजुकेशन फाउन्डेसन नयाँ बानेश्वर काठमाडौँबाट आएका उनले किन आत्महत्या गरे ? यसको कारण खुलेको छैन । जापानमा नेपालीले आत्महत्या गरेको यो भने पहिलो होइन । महिनैपिच्छे नेपालीका आत्महत्याका कारण ज्यान गुमाइरहेका घटना आइरहेको छ। 
 
यस हप्ता त जापानमा दुई जना नेपालीले आत्महत्याका कारण ज्यान गुमाए । मरेर जाने त गइहाल्यो, बाँचेका इष्टमित्र र आफन्तलाई झनै पिर अनि समस्या आइपर्छ । के पीडाका कारण जापानमा नेपालीले आत्महत्या गरिरहेका छन् ? कसरी कम गर्न सकिन्छ त यस्ता घटनाहरु ? जापानमा नेपाली विद्यार्थीको ठूलो समस्या भनेको सुरुमा काम पाउन कठिन हुनु हो। यसै विषयलाई समेटेर जापानको नागोया सहरमा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ। 
 
पछिल्लो समय नेपाली विद्यार्थीहरु नेपालीबाटै ठगिने गरेको गुनासो पनि आइरहेको छ। धेरै कलेजको होस्टेलको जिम्मा नेपालीहरुले लिने गरेको बताइएको छ। एउटै कोठामा भेडाबाख्रा जजरी कोच्ने र कोठामा प्रयोग गरिने सामानहरु पनि ज्यादै कमसल राखिने गरेको विद्यार्थीहरुको गुनासो छ। 
 
विद्यार्थीका समस्याका बारेमा गर्न लागिएको त्यस कार्यक्रमको आयोजना एनआरएनए जापान, क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापानले संयुक्तरुपमा गर्न लागेका हुन् । कार्यक्रमको मिडिया पार्टनर भने जापानको अनलाईन समुन्द्रपारी डटकम रहेको छ। जापानमा आउनासाथ जो कोहीले पनि सुरुमा एक्लो महसुस गर्ने हुँदा सुरुवादी चरणमा जापानको रहनसहनको बारेमा नवआगन्तुकहरुलाई जानकारी गराउन यो कार्यक्रम फलदायी हुने नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले बताए। 
 
नेपालबाट विधार्थीहरु ऋणमा ठूलो रकम खर्चेर जापान आउने र शुरुमा काम खोज्ने तरिका थाहा नहुने हुँदा काम पाउन गाह्रो हुने गरेको र त्यसैको सहजिकरण गर्न लागिएको एनआरएनए नागोया क्षेत्रीय समितिका सह ( संयोजक कृष्ण गौतमले बताए । उक्त कार्यक्रममा सम्भव हुने सबैलाई आउन उनले अनुरोध गरेका छन्। कार्यक्रम आगामी जुन १२ तारिक आईतवार दिनको १ बजे बाट सुरु हुने बताइएको छ। 
 
कार्यक्रममा विभिन्न विषयमा विज्ञता प्राप्त गरेका नेपाली र जापानिजबाट जापानमा आफ्नो जिवनयापन कसरी सहज बनाउने बारेमा प्रकास परिने बताइएको छ। जापानमा विद्यार्थीका जटिल समस्या रहेको बताउँदै एनआरएनए जापानका सचिव श्याम शीतलले यस प्रकारको कार्यक्रमले आफू कसरी सक्षम हुने भन्नेबारेमा विद्यार्थीलाई थाहा हुने उनको तर्क छ। आफूले नै यो कार्यक्रम गर्न प्रस्ताव गरेको उनले बताए ।