मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकी संसदको तल्लो सदनद्वारा अर्ध स्वचालित राइफल किन्न पाइने उमेर बढाउने विधेयक पारित

अमेरिकी संसदको तल्लो सदनद्वारा अर्ध स्वचालित राइफल किन्न पाइने उमेर बढाउने विधेयक पारित


शेयर गर्नुहोस:

7.5k
Shares

  • change font
  • change font
  • change font

 
अमेरिका – अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ) ले अर्ध स्वचालित राइफल किन्न पाइने उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाउने विधेयक आज पारित गरेको छ। हाउस अफ रेप्रिजेन्टेटिभमा सो विधेयक १९९ का विरुद्ध २२८ ले पारित भएको हो।

गत महिना न्युयोर्कको बफेलो र टेक्ससको युभाल्डेस्थित इलिमेण्ट्री स्कुलमा भएको नरसंहारको घटनामा संलग्न दुबै बन्दुकधारी १८वर्षीय भएको पाइएपछि अमेरिकी सरकार र संसदलाई बन्दुक किन्न पाउने उमेर बढाउन र किन्नु पूर्व गरिने ‘व्याकग्राउण्ड चेक’मा कडाई गर्न दबाव परिरहेको थियो। डमोक्रेट बाहुल्य तल्लो सदनबाट बन्दुक किन्ने उमेर १८ बाट बढाएर २१ बनाउने प्रस्ताव पारित भएपनि सिनेटमा त्यो विधेयक जस्ताको त्यस्तै पारित हुनेमा अझै दुविधा रहेको छ।

शेयर गर्नुहोस:

7.5k
Shares