मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख युक्रेनीको निवेदन : राष्ट्रसंघ

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख युक्रेनीको निवेदन : राष्ट्रसंघ


जेनेभा । रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।
 
संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ ”।
 
युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त यूक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।
 
युएनएचसिआरको तथ्याङ्कले यूक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति जून ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् । 
 
विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसंघले बताएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन् ।
 
युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय बसाइँ सराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन् ।
 
युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा व्यक्ति स्वदेश फर्किएका छन् ।
 
युएनएचसिआरले पोल्याण्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो । पोल्याण्डबबबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौं हजार मानिसहरू प्रवेश गरेका छन् । ती प्रत्येक देशमा हजारौंले शरणार्थीले शरणार्थीका लागि आवेदन दिएका छन् । 
 
युरोपका अन्य देशहरू, जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदने दर्ता गरेका छन् । एएफपी