पेरिस । फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न सोमबार किभ जानलाग्नु भएको फ्रान्सेली विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्री कोलोनाले युक्रेनी जनतासँग फ्रान्सको ऐक्यबद्धता, मानवीय र आर्थिक दृष्टिकोणबाट रक्षा उपकरण आपूर्तिको सन्दर्भमा आफ्नो समर्थनलाई सुदृढ पार्ने पूर्ण दृढ संकल्प देखाउन किभ पुग्न लागेका हुन् । …