मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तनावका बीच अमेरिका र दक्षिण-कोरियाको लडाकु विमान प्रदर्शनी

तनावका बीच अमेरिका र दक्षिण-कोरियाको लडाकु विमान प्रदर्शनी


सो । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिणकोरिया र अमेरिकी सेनाले मङ्गलबार दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् ।  उत्तरकोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी एकजना वरिष्ठ अमेरिकी अधिकारीले दिएका छन् । 
 
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले हवाई प्रदर्शनीमा १६ दक्षिणकोरियाली विमान र एफ ३५ए स्टिल्थ लडाकुसहित चार अमेरिकी एफ १६ लडाकू जेट समावेश गरिएका बताएका छन् । उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । आजको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो ।
 
उत्तरकोरियाले चाँडै नै शाक्ति बढाउन सक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरू बताएका छन् । उत्तरपूर्वी शहर पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण मैदानमा अर्को परीक्षण गर्न प्योङयाङ तयार रहेको छ । सन् २०१७ को सेप्टेम्बरमा उसले अन्तरमहाद्वीपीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्यूक्लियर बम विस्फोट गरेको दाबी गरेको थियो ।
 
उत्तरकोरियाले लामो समयदेखि अमेरिका र कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गरेको छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपण पछि संयुक्त राज्य अमेरिकाले जापान र दक्षिण कोरियासँग स्परेट संयुक्त मिसाइल अभ्यासहरू सञ्चालन गरेको छ  । 
 
वासिङटन र प्योङयाङबीचको आणविक वार्ता उत्तरको निःशस्त्रीकरणका कदमका लागि अमेरिकी नेतृत्वमा लगाइएका कडा प्रतिबन्धको फुकुवामा असहमति हुँदा सन् २०१९ देखि अवरुद्ध भएको छ । राष्ट्रपति किमले आर्थिक समस्याका बावजुद आफ्नो परीक्षण गतिविधिलाई बढाएका छन्  । उनले अमेरिकासमक्ष आत्मसमर्पण नगर्ने अडान त्यागेका छैनन् । 
 
उत्तरकोरियाली सरकारले वार्ताका लागि बाइडेन प्रशासनले गरेको प्रस्तावलाई लचिलो भएर स्वीकार गरेको छैनभने  निष्क्रिय निःशस्त्रीकरण वार्तालाई पारस्परिक हतियार घटाउने प्रक्रियामा रूपान्तरण गर्ने स्पष्ट रूपमा मनसाय नराखेको जानकारहरूले बताएका छन् । एजेन्सी