बोक्सी आरोपमा ज्यादति गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा बिहीबार गरिएको कुटपिटमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ ।    आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा बोक्सीको आरोपमा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र कुटपिट गर्ने अपराधमा संलग्नलाई कानूनबमोजिम तत्काल कारबाही गर्न माग गरिएको छ । …