काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएकाले सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिए। थापाले…