कांग्रेसलाई एक बनाउन देउवा र युवा पुस्ताको भूमिका : गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्व तह र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापासहितका नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे । उनले पूर्वसभापति देउवालाई…