काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्त्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले संसद्बाट…