प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–काठमाडौँ सडकखण्डमा अपेक्षित काम नहुँदा सो सडकले गिज्याएको बताएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकार आफैँले सडक स्तरोन्नति गर्न खोज्दा पनि विवरण पाउन नसकेको पीडा पोखे । हेटौँडा–काठमाडौँ सडकखण्डको विषयमा प्रदेश सरकारले बेवास्ता गरेको गुनासो आएपछि मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीसँग…