मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगरको मेयरमा एमालेबाट दवाडी र सत्ता गठबन्धनबाट सापकोटाको उमेदवारी

रत्ननगरको मेयरमा एमालेबाट दवाडी र सत्ता गठबन्धनबाट सापकोटाको उमेदवारी


चितवन । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा दस जना र उपमेयर आठ जनाले उमेदवारी दर्ता गरेका छन् ।
 
मेयरमा नेकपा एमालेबाट विमलादेवी दवाडी, नेपाली कांग्रेसबाट प्रल्हाद सापकोटा, राप्रपाबाट हरिकृष्ण भट्टराई, राष्ट्रिय जनमोर्चाबाट इन्द्रप्रसाद पाध्य पौडेल, नेकपा मालेबाट तबहादुर विक, जनता समाजवादीबाट यदुकृष्ण भट्ट र जनार्दन दुवाडी, राप्रपा नेपालबाट बलराम आचार्य, नेपाल मजदुर किसान पार्टीबाट पुनाराम शर्मा, मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट धनबहादुर थिङले उमेदवारी दिएका छन् ।
 
जसपाबाट मेयरमा उमेदवारी दिएका दुई जनामध्ये छानबिनपछि एक जनाको उमेदवारी खारेज हुने निर्वाचन अघिकृत विनोदकुमार गौतमले जानकारी दिएका छन् । 
 
रत्ननगरका १६ वटै वडामा वडाध्यक्षसहित सदस्यहरुमा समेत उमेदवारी दिएका नेकपा समाजवादी र माओवादी केन्द्रले गठबन्धनका कारण मेयरमा भने उमेदवारी दिएनन् । उपमेयरमा एक स्वतन्त्रसहित आठ जनाले उमेदवारी दिएका छन् ।
 
नेकपा एमालेबाट यादवप्रसाद पाठक, नेकपा एकीकृत समाजवादीबाट बद्रिनाथ घिमिरे, राष्ट्रिय जनमोर्चाबाट चन्द्रकला क्षेत्री, जनता समाजवादी पार्टीबाट गोमादेवी देवकोटा, राप्रपाबाट विमला चौधरी, राप्रपा नेपालबाट रसिला खड्की, मंगोल अर्गनाइजेशन पार्टीबाट ईश्वरी गुरुङ र स्वतन्त्रबाट विरञ्जना घिमिरे सापकोटाले उमेदवारी दिएका छन् । 
 
गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले भने उपमेयरमा उमेदवारी दिएका छैनन् ।