काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीचौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ । वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता…