मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगरमा कांग्रेस आक्रामक, घरदैलो र कोणसभामा उमेदवार व्यस्त

रत्ननगरमा कांग्रेस आक्रामक, घरदैलो र कोणसभामा उमेदवार व्यस्त


चितवन । स्थानीय तह निर्वाचनको आउन अब एक सातामात्रै बाँकी छ । दलहरुलाई आआफ्नो चुनावी प्रचार तथा घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याई छ ।
 
घरदैलोको समय न्यून रहँदा उमेदवारहरु प्रत्येक घरघरमा पुग्ने अवस्था छैन । रत्ननगरमा रहेका १६ वटा वडाकै घरमा पुग्न रत्ननगरको गठबन्धनबाट साझा उमेदवार प्रह्लाद सापकोटालाई मुस्किल भएको छ । सापकोटाले सम्भव भएसम्म हरेकदिन बिहानैदेखि घरघरमा पुगेर भोट मागेका छन् । उनले कोणसभामार्फत पनि आफ्ना योजना र चुनावी प्रतिबद्धतासहित नगरवासीलाई मत दिन आह्वान गरिरहेका छन् ।
 
रत्ननगरमा सत्ता गठबन्धनबाट नगरप्रमुख पदका उमेदवार कांग्रेसका प्रह्लाद सापकोटा, नेकपा (एकीकृत समाजवादी)का बद्रिप्रसाद घिमिरेसहित वडा-वडामा पुगेर मत मागिरहेका छन् ।
 
शुक्रबार रत्ननगर-८ मा कांग्रेस नेतासहितको र्‍यालीले वडा परिक्रमा गरेको थियो । सोही अवसरमा आयोजित कोणसभामा मेयरका उमेदवार सापकोटाले वडा नं ८ मा देखिएको कांग्रेसको उत्साजनक सहभागिता हेर्दा एमालेको अघिल्लो निर्वाचनको विरासत अन्त्य हुने विश्वास व्यक्त गरे ।
 
कांग्रेसको घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक उपस्थिति र मायाले उत्साहित भएको कांग्रेसबाट वडाध्यक्षका उमेदवार कृष्ण चौधरीले बताए । ‘घरदैलोका क्रममा स्थानीयवासीले देखाएको सहभागिता र मायाले उत्साहित भएको छु’, सापकोटाले भने, ‘उहाँहरुको साथलाई कहिल्यै पनि विश्वासघात गर्दिनँ, आफ्नो क्षमताले भ्याएसम्म रचनात्मक काम गर्नेछु ।’
 
यसैबीच, रत्ननगरमा चुनावी प्रचारप्रसार र घरदैलोलाई तीव्र पार्ने क्रममा शनिबार बिहान रत्ननगर-१२ मा बिहान ७ बजे गठबन्धनसहितको घरदैलो तथा कोणसभा र रत्ननगर-२ मा बिहान ८स्३० बजे गठबन्धनसहितको कोणसभा हुने कांग्रेस रत्ननगरका प्रचारप्रसार समितिका संयोजक अपिल अधिकारीले जानकारी दिए ।