मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष प्रचण्ड

गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष प्रचण्ड


चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताएका छन् । पाँच दलीय गठबन्धनले चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताए । 
 
गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उनले भने, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।” तर, रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिबद्धता थियो । उनले विसं २०४६ देखि कम्युनिस्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराए । 
 
उनले भने, “तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।” उनले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताए ।  
 
“यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०÷२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।”
 
उनले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याए । गठबन्धन कम्युनिस्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उनको भनाइ थियो ।
 
उनले भने, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईंहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उनले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको प्रष्ट पारे ।