झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार…