मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग


चितवन । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । गठबन्धनबाट रत्ननगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रह्लाद सापकोटा र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी)का बद्रीनाथ घिमिरे चुनावी मैदानमा उत्रिएका छन् ।  
 
रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र्र  बनिरहँदा स्थानीयवासीको स्वागतले उमेदवारहरु दङ्ग परेका छन् । गठबन्धनका उमेदवारहरु जहाँ पुग्छन् त्यहाँ स्थानीयले फूलमाला र अबिरले स्वागत गर्ने गरेका छन् ।  
 
नगरवासीको दाजुभाइ, दिदीबहिनीको उत्साह देखेर मेयर पदका उमेदवार पह्लाद सापकोटा भन्छन्, ‘स्थानीयवासीले नगरको विकासमा हामीप्रतिको आशा र भरोसा देखिएकाले नै उहाँहरुले हामीलाई आशीर्वादसहित स्वागत गरिरहनु भएको छ ।’   
 
सापकोटाले स्थानीय निर्वाचनमा आफूहरु निर्वाचित भएर आउँदै गर्दा आफूले गरेका प्रतिबद्धता र स्थानीयवासीको भरोसा कुनै पनि हालतमा टुट्न नदिने बताए । उनले अहिलेको स्थानीय निर्वाचन अवसर र चुनौती दुवै लिएर आएको बताउदै अब नगर बनाउन लाग्ने बेला आएकाले यो र त्यो नभनी सपना बाँड्नेसँग होइन, काम गर्नेसँग स्थानीयको सरोकार रहने जिकिर गरे ।  
 
उनले आफू कुराभन्दा पनि काम गर्ने व्यक्ति भएकाले यस पटकको निर्वाचनमा आफूलगायतको गठबन्धनलाई जिताएर समृद्ध रत्ननगर बनाउने चाहना पूरा गर्ने अवसर प्रदान गर्न सबै रत्ननगरबासीलाई आग्रह पनि गरे । 
 
उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेले अहिलेको निर्वाचन संविधानको रक्षा र सुशासनका पक्षधरहरुको एकता भएकाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे । रत्ननगर नगरपालिकामा आगामी पाँच वर्ष व्यर्थमा खेर जान नदिन र नगरवासीको समृद्धिको पक्षमा काम गर्न गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरे । 
 
घरदैलो कार्यक्रममा रत्ननगरका गठबन्धनका नेता, कार्यकर्ता एवं महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ ।