रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । सिर्जनशील संस्था नेपालको आयोजना तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आइतबार बुटवलमा आयोजना गरिएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उम्मेदवारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाबविना महिलाले मतदान दिने र मुख्य पदमा समेत उम्मेदवारी दिने पाउने वातावरण सुनिश्चित गर्न माग गरे । …