काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत् प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ । संघका आजीवन सदस्यसमेत रहेका प्राडा केसीको स्वास्थ्य स्थिति नाजुक हुँदै गएको भन्दै संघले बिहीबार एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो…