मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चुनावी प्रचार अभियानमा झापा आइपुगेका एमाले अध्यक्ष ओली अस्वस्थ

चुनावी प्रचार अभियानमा झापा आइपुगेका एमाले अध्यक्ष ओली अस्वस्थ


काठमाडौँ । मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
 
झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा आएका हुन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।
 
तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । रासस