मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धन रहरले बनेको होइन : शिक्षामन्त्री पौडेल

गठबन्धन रहरले बनेको होइन : शिक्षामन्त्री पौडेल


बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन् । 
 
ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे । 
 
“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, मन्त्री पौडेलले भने, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ ।”
 
सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए । 
 
जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए ।
 
मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बागलुङका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरे ।

“जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जनमत बढी छ, विगतको चुनावी परिणाममा पनि हामी अगाडि छौँ, यहाँ अरु कसैले जित्ने सम्भावना छैन”, उनले भने । रासस