मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली


झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । 
 
झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न आग्रह गरे । 
 
उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । 
 
मङ्गलबार झापा आएका ओली बुधबार बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन् । रासस